सुर्खेतको जंगलमा लुकाएर राखिएका ५ थान बन्दुक बरामद

सदरलाइन संवाददाता २७ माघ २०७९, शुक्रबार १४:१४
 

नेपालगञ्ज : प्रहरीले जंगलमा लुकाएर राखेको अवस्थामा ५ थान बन्दुक फेला पारेको छ । सुर्खेतको लेकबेशी नगरपालिका ५ मा रहेको राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओडारमा ५ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।

प्रहरीको नियमित गस्तीका क्रममा माथिल्लो खल्टाकुरा राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओडारमा लुकाई छिपाई राखेको अवस्थामा ५ थान भरुवा बन्दुक फेला परेको हो ।


सबै बन्दुकहरु प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । बरामद गरिएका बन्दुक कसले लुकाएर राखेको भन्ने बारेमा जानकारी हुन नसकेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नमुना विपद् व्यवस्थापन ऐनका विषयमा नेपालगञ्जमा छलफल

२७ माघ २०७९, शुक्रबार १४:१४
नेपालगञ्ज : नमुना विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र कोष सञ्चालन कार्यविधिका मुख्य व्यवस्था तथा यसमा परिमार्जन गर्नुपर्ने विषयहरुमा शुक्रवार नेपालगञ्जमा छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको उपस्थितिमा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले तयार पारेको उक्त नमुना ऐन र कार्यविधिमा परिमार्जन÷थप÷संशोधन गर्नुपर्ने विषयहरुमा छलफल […]