नेपालगञ्ज उद्योग बाणिज्यले बुझायो २१ बुँदे मागपत्र

७ पुष २०७५, शनिबार १८:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जलाई आर्थिक हव बनाउन माग गर्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई २१ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघको २७ औं साधारणसभाको शनिवार उद्घाटन सत्रमा मागपत्र प्रस्तुत गरिएको हो । संघका तर्फबाट अध्यक्ष नन्दलाल बैश्यले मागपत्र प्रस्तुत गरेका हुन् ।
मागपत्रमा एकीकृत भन्सार चौकी, नौवस्ता औद्योगिक क्षेत्र, बहुउद्देश्यीय सभाहल र अन्तर्राष्ट्रीय विमानस्थलको काममा तिव्रतालगायत अन्य आर्थिक विषय समावेश गरिएको संघका अध्यक्ष बैश्यले जानकारी दिए । सो अवसरमा अर्थमन्त्री खतिवडाले बाँकेको समग्र विकासका लागि सिक्टा सिँचाईको काममा तिव्रतासहित अन्तर्राष्ट्रीय विमानस्थलका लागि नयाँ दिल्ली उडानका सन्दर्भमा भारतीय पक्षसँग छलफल जारी रहेको बताए ।
सरकार आर्थिक समृद्धिको अभियानमा रहेको भन्दै उनले ब्यवसायीबाट साथ र सहयोगको अपेक्षा गरिएको बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिका लागि ब्यवसायीले उठाएका माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
यसैबीच अर्थमन्त्री डा. खतिवडाले शनिवारनै नेपालगञ्ज भन्सार कार्यालयको पनि निरीक्षण गरेका छन् । उनले नेकपाको कार्यालयमा पार्टी कार्यकर्ता भेलामा समेत सम्बोधन गरेको नेकपा नेपालगञ्ज नगर कमिटीका सचिव दत्तप्रसाद आचार्यले जानकारी दिए ।

Next Post

नेपालगञ्जमा व्यापार महोत्सवको तयारी

७ पुष २०७५, शनिबार १८:२४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा पौष २६ गतेदेखि व्यापार महोत्सव सञ्चालन हुने भएको छ । माघ ८ गतेसम्म चल्ने कृषि, पर्यटन, व्यापार तथा बृहद् सांस्कृतिक महोत्सव २०७५ एजि सर्भिस प्रालि नेपालगञ्जले आयोजना गर्न लागेको हो । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गर्दै आयोजकले मेला सञ्चालन गर्ने तयारी गरिएको जनाएको छ । महोत्सवमा कला […]

ताजा अपडेट