बाँके ट्राफिकद्धारा १८ लाख बढी राजश्व संकलन

सदरलाइन संवाददाता ३ भाद्र २०७८, बिहीबार १५:४३
 

नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको पहिलो महिनामा १८ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालय प्रमुख राजु भण्डारीले दिएको जानकारी अनुसार, साउन महिनामा ३ हजार १ सय ७० वटा सवारीसाधन कारवाहीमा १८ लाख ५ हजार राजश्व संकलन भएको हो ।

साउन महिनामा ८ वटा सवारी दुर्घटना भएका छन् । जसमा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गएको आर्थिक वर्ष १ सय ५० वटा सवारी दुर्घटना भएका थिए । जसमा ७७ जनाले ज्यान गुमाएका थिए भने २ सय ८ जना घाइते भएका थिए ।


यस्तै ०७७–७८ मा साढे दुई करोडबढी राजश्व संकलन भएको थियो । ४७ हजार ८ सय ४७ वटा सवारीसाधन कारवाहीबाट २ करोड ७० लाख ६६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको भण्डारीले बताए ।

आर्थिक वर्ष ०७६–७७ को भन्दा यो झन्डै डेढ करोडले बढी हो । ०७६–७७ मा १ करोड २९ लाख ६९ हजार राजश्व संकलन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकताबद्ध भएर लाग्न बाँके एमालेको अपिल

३ भाद्र २०७८, बिहीबार १५:४३
नेपालगञ्ज : नेकपा एमाले बाँकेले पार्टीमा एकताबद्ध भएर लाग्न अपिल गरेको छ । जिल्ला अध्यक्ष सूर्य ढकालले हस्ताक्षर गरेको जारी अपिलमा नेकपा एमालेको लोकप्रियतामाथि चौतर्फी प्रहार भइरहेको बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले दल विभाजन गर्ने कार्य घृणित र निन्दनीय काम गरेको उल्लेख गरिएको छ । नेकपा एमालेको आन्तरीक जीवनमा […]