नरैनापुरका अध्यक्ष शाहलाई थप उपचारका लागि लखनऊ लगियो

सदरलाइन संवाददाता ३० आश्विन २०७९, आईतवार १५:५१
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कालेजमा शनिबारदेखि उपचाररत नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलाई थप उपचारका लागि आइतवार भारतको लखनाऊ लगिएको छ ।

अध्यक्ष इस्तियाक अहमद शाहलाई इन्फ्लुएन्जा संक्रमण पुष्टि भएपछि थप उपचारका लखनऊ रिफर गरिएको मेडिकल कलेज नेपालगञ्जका फिजिसियन डा. आसिम किदवाईले बताए ।


डाक्टर किदवाईका अनुसार छाती दुःखाई ज्वरो र खोकीको समस्या देखिएपछि अस्पतालमा भर्ना गरी उपचार शुरु गरेको बताउँदै उनले भने–’खोकी र ज्वरो कम नभएपछि इन्फ्लुएन्जाको आशंकामा स्वाब परीक्षण गरेपछि इन्फ्लुएन्जा पोजेटिभ देखिएको हो ।’

इन्फ्लुएन्जा देखिए पनि कुन प्रकारको इन्फ्लुएन्जा हो त्यसको परीक्षण गर्ने किट नभएकोले रिफर गर्नुपरेको डाक्टर केदवाइले बताए । अध्यक्ष शाहलाई फिजिसियन डा. किदवाई नेतृत्वको टोलीले उपचार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एमाले र राप्रपाको संयुक्त रुपमा घरदैलो शुरु

३० आश्विन २०७९, आईतवार १५:५१
नेपालगञ्ज : बाँकेमा तालमेल गरेका एमाले र राप्रपाले संयुक्त रुपमा घरदैलो शुरु गरेका छन् । बाँके क्षेत्र नं. २ का उम्मेदवार डा. धवलशमशेर राणा र प्रदेश (ख) का उम्मेदवार निरक गुरुङले संयुक्त घरदैलोमा शुरु गरेका हुन् । बाँके क्षेत्र नं. २ मा राप्रपाका महामन्त्री राणा प्रतिनिधि सभामा उम्मेदवार रहेका छन् […]