नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा आइतवारदेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । ६ महिनादेखि १५ बर्ष मुनिका १४ हजार २६७ जना बालबालिकाहरुलाई दादुरा रुबेला बिरुद्वको खोप दिने लक्ष्य छ ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
यो अभियान २७ गतेसम्म चल्नेछ । बाँकेका अन्य सबै पालिकामा खोप अभियान करिब पूरा भइसकेको छ । माघ २२ बाट २७ गतेसम्म ६ महिना देखि १५ बर्ष मुनिका १४२६७ जना बालबालिकाहरुलाई दादुरा रुबेला बिरुद्धको खोप अभियान हुने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए ।