सदरलाइनडटकम,
नेपालगञ्ज : कर अधिकृतलाई कोरोना भाइरस देखिएपछि नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालय बन्द गरिएको छ । आइतवार एकदिनका लागि बन्द गरिएको आन्तरिक राजश्व कार्यालयका सबै कर्मचारी क्वारेन्टिनमा छन् ।
उनीहरु सबैको पिसिआर परीक्षण गरिँदैछ । शनिवार एकजना कार्यालयका कर अधिकृतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । नियमित काममा खटिने कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालयका अन्य कर्मचारी तनावमा छन् ।
