नक्कली नेपाली नोटसहित धनगढीमा ३ महिला पक्राउ

सदरलाइन संवाददाता २१ जेष्ठ २०७९, शनिबार १८:१५
 

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकामा ३८ थान नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् । उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा उपमहानगरपालिका–७ बस्ने ३५ वर्षीया सुमित्रा राना, वडा नम्बर ८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र वडा नम्बर २ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका–१४ की २७ वर्षीया रितु चौधरी रहेका छन् ।


शुक्रवार राति हाटबजार सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोट फेला पारी पक्राउ गरेको कैलाली प्रहरीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको धम्बोझी माविले विद्यार्थीको चापका कारण प्रवेश परीक्षा लिएर भर्ना गरिदै

२१ जेष्ठ २०७९, शनिबार १८:१५
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज–१ मा सञ्चालनमा रहेको सामुदायिक विद्यालय धम्बोझी माध्यामिक विद्यालयमा विद्यार्थीको अधिक चापका कारण विद्यार्थी भर्नामा प्रवेश परिक्षा लिनु परेको विद्यालय प्रशासनले जनाएको छ । प्राविधिक धारको कक्षा ९–१२ को कम्प्युटर ईन्जिनियरिङ्ग कक्षा समेत सञ्चालन गर्दै आएको धम्बोझी माविले शिशु कक्षादेखि १० सम्म विद्यार्थी भर्नाको लागि प्रवेश परिक्षा […]

सम्बन्धित