बर्दियामा रुवेला भाइरस देखियो

सदरलाइन संवाददाता २० माघ २०७९, शुक्रबार १३:४७
 

नेपालगञ्ज : बाँकेको सँग जोडिएको छिमेकी जिल्ला बर्दियामा रुवेला भाइरसको संक्रमण देखिएको छ ।

बढैयाताल गाउँपालिका वडा नं. १ र २ मा रुवेला भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

वडा नं. १ कि १३ वर्षीया किशोरी र वडा नं. २ का १ वर्षीय बालकमा रुवेला पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको गिरीले बताए ।


बिरामीको लक्षण चिन्ह शंकास्पद देखिएपछि ७ वटा स्याम्पल परिक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो । त्यसमा २ जनामा दादुरा र २ जनामा रुवेला पुष्टि भएको हो ।

जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. १ का ५ वर्षीय बालक र वडा नं. ७ कि ३५ वर्षीया महिलामा दादुरा पुष्टि भएको हो । यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत बारबर्दिया नगरपालिकास्थित औंरीका बालकमा पनि दादुरा देखिएको छ ।

श्वासप्रश्वासका माध्यमबाट तीब्र गतिमा फैलिने रुवेला पुष्टि भएसंगै गर्भवती महिला सबैभन्दा बढी जोखिममा परेका छन् । यो रोगले पेट भित्रको बच्चालाई गम्भीर असर गर्न सक्ने र बच्चा अपांगता हुने जोखिम उच्च हुने चिकित्सकहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा स्वास्थ्य प्रवर्धन प्राथमिकतामा

२० माघ २०७९, शुक्रबार १३:४७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नागरिकको स्वास्थ्य प्रवर्धन सेवालाई प्राथमिकता दिएको छ । सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै भएकाले नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले नगरका २३ वटै वडालाई लक्षित गरेर वडा नं ४ मा पहिलो पटक एक […]