बर्दियामा विष्फोटपछि रोकिएको मतदान पुनः शुरु

सदरलाइन संवाददाता ४ मंसिर २०७९, आईतवार १३:५६
 

नेपालगञ्ज : बर्दिया गुलरिया–२ को शम्भुशरण माध्यमिक विद्यालय खैरापुर मतदान स्थलमा रोकिएको मतदान सुरु भएको छ ।

मतदान स्थल बाहिर विस्फोट भएपछि एक घण्टा मतदान रोकिएको थियो । बम विस्फोटपछि लाइनमा बसेका मतदाता र कर्मचारी त्रसित भएका थिए । अहिले अवस्था सामान्य भएपछि फेरि मतदान सुरु गरिएको बन्धुप्रसाद बास्तोलाले बताए ।


बर्दियाका १ सय ५४ मतदान स्थलका ३ सय ७६ मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी वीरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाँच वर्ष नपछुताउनेगरी मतदान गर्न पूर्वमन्त्री राईको अपिल

४ मंसिर २०७९, आईतवार १३:५६
नेपालगञ्ज : जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईले निर्वाचन लोकतन्त्रको एउटा महाकुम्भ भएको भन्दै त्यसमा सहभागी हुन सम्पर्ण मतदातालाई अपिल गरेका छन् । पूर्व भौतिक योजना तथा यातायातमन्त्रीसमेत रहेका राईले नेपालगञ्ज १५ स्थित मतदान केन्द्रमा आइतबार बिहानै मतदान गरिसकेर सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिनेक्रममा यस्तो बताएका हुन् । उनले लोकतन्त्रको […]

सम्बन्धित