कोरोना संक्रमितसबैलाई आईसोलेशनमा भर्ना गरियो

२१ बैशाख २०७७, आईतवार २३:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका थप १५ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । उनीहरु सबैलाई कोरोना बिषेश आईसोलेसन अस्पताल खजुरामा उपचारको लागि भर्ना गरिएको छ ।

कोबिड–१९ का बिरामीका लागि खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आईसोलेसन विषेश अस्पताल तयार गरी उपचारको व्यवस्था मिलाईएको छ । उनीहरु सबैलाई राती करिब साढे १० बजेतिर अस्पताल पुराईएको थियो ।

पहिलोपटक शुक्रबार एक ६० वर्षिय पुरुषमा सक्रमण देखापरेपछि स्थानीय प्रशासनले पिसिआर पद्धती अपनाई परिक्षण सुरु गरेपछि आईतवार एकै दिन बाँकेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालगञ्जमा पहिलो पटक भेटिएका संक्रमित पुरुषको सम्पर्कमा रहेकाहरु मध्येबाट संकलन गरिएको स्वाब परिक्षण गर्दा उनीहरु सबै जना नेपालगन्ज–८ का निवासी हुन ।

नयाँ थपिएका संक्रमितमा ७ जना महिला रहेको छन । उनीहरुको उमेर समुहमा ७, ३०, ४०, ५०, ५५, ५८ र ६० वर्षका रहेका छन् । यसैगरी ८ जना पुरुष रहेकोमा उनीहरु १६, २१, ३२, ३४, ३४, ३६, ३७ र ५५ वर्ष उमेर समुहका रहेका छन् ।

उनीहरु सबै नेपालगन्ज–८ जोलाहनपुरवाका हुन । उनीहरु लगायत ९० जनाको शनिबारमात्र स्थानीय प्रशासनको सहयोगमा कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको थियो । यी सबै पहिलो संक्रमित व्यक्तिसंग अत्यन्तै निकट रहेका थिए ।


जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले शनिबार संकलन गरिएको स्वाब मध्ये ५५ जनाको मात्र नतिजा आएको ३५ जनाको नतिजा आउन बाँकी रहेको जानकारी दिए । उनले आईतबार थप ४ जनाको स्वाब संकलन गरिएको बताए । अब ३९ वटा सेम्पलको नतिजा आउन बाँकी रहेको छ ।

अहिलेसम्म आएको नतिजामा संक्रमित व्यक्तिको घरपरिवार नभएको जानकारी आएको छ । उनको घरमा श्रीमति ४ छोरा एक बुहारी रहेको र ती मध्ये एक छोरा बिदेसमा छन । उनी नेपालगन्ज–७ का बासिन्दा हुन ।

कोरोना पृष्टि भएकाहरुलाई उपचारको लागि सुशीलकोईराला प्रखर क्यान्सर अस्पताल खजुराको आईशोलेशन वार्डमा लैजाने तयारी भई रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । उनले संक्रमणको पुष्टि भएका सबैलाई प्रशासनको निगरानीमा उपचारमा लैजाने ब्यवस्था मिलाईएको बताए ।

स्थानीय प्रशासनले कोरोना संक्रमण पुष्टि भएको ब्यक्तिको घर नेपालगन्ज–७ डिएस्पीरोड, उनी कार्यरत नेपालगञ्ज–८ जोलाहनपुरवाको अन्सारिया मस्जिद र मदरसा ईसलामिया फैजुल उलुम भएको स्थानमा प्रशासनले सिल गरी आवगमन बन्द गरिएको छ । यसका सबै नेपालगन्ज–१ धम्बोझी चोकमा रहेको मस्जिदमा समेत सिल गरिएको छ । संक्रमितको घर भएको ठाँउ र उनले काम गर्ने स्थानको पहिचान गरी आवागमन ठप्प पारीएको छ ।

यसैबीच भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्ट डा प्रकास बहादुर थापाले संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । उनले भने–‘संक्रमित व्यक्तिमा कुनै समस्या नभएको र उनी आईसोलेशन वार्डमा चिकित्सकको निगानीमा सामान्य अवस्थामै रहेका छन् ।’

बाँकेमा स्थानीय प्रशासनको सहयोगमा पिसिआर र आरडिटी माध्यामबाट ९५१ जनाको कोरोना जाँच भएको मध्ये ८७७ जनाको नतिजा नेगेटिभ १६ को पोजेटिभ र ३९ को नजिता आउन बाँकी रहेको छ ।

Next Post

अफवाह फैलाउनेमाथि बाँके प्रहरीको कडा निगरानी

२१ बैशाख २०७७, आईतवार २३:३३
सदरलाइनडटकम, नेपालगञ्ज : सामाजिक संजालमा अफवाह फैलाउनेमाथि बाँके प्रशासनले कडा कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार सूचना जारी गर्दै सामाजिक संजालमा कोरोना संक्रमणको भ्रामक सूचना फैलाउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिएको हो । बाँके प्रहरीले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक सूचनाविना कुनैपनि सूचनाहरुमाथि बिश्वास […]