यौनिक तथा लैङ्गिक अल्पसंङख्यक समुदायका स्वास्थ समस्याबारे छलफल

१५ फाल्गुन २०७६, बिहीबार ०९:५१
 

सदरलाइन / लक्ष्मी तिमिल्सेना
नेपालगञ्ज : यौनिक तथा लैङ्गिक अल्पसंङख्यक समुदायका स्वास्थ समस्या र पत्रकार महिलाका कार्यक्षेत्र हुने समस्याका विषयमा छलफल गरिएको छ ।

छलफलका क्रममा बोल्दै पश्चिम तारा नेपालका परिना चौधरीले यौनिक तथा लैङ्गिक अल्पसंङख्यक समुदायको स्वास्थ अधिकारका बारेमा अहिलेसम्म कसैको ध्यान जान नसकेको गुनासो गरिन ।

उनले यौनिक तथा लैङ्गिक अल्पसंङख्यक समुदायको स्वास्थ अधिकारका बारेमा गरिने सचेतनाका कार्यक्रमहरु शहरीकरणमा केन्द्रित भएको बताउदै उनीहरुको स्वास्थ सचेतनाका कार्यक्रममा ग्रामीणस्तरमा जाँदा अझै पनि धेरै कुराको ध्यान दिनुपर्ने अवस्था रहेको अनुभव सुनाईन । ग्रामीण स्तरमा उनीहरुको स्वास्थ अवस्थाका बारेमा समाजले थाहा पाए झनै लान्छना र भेदभावको झनै भयावह स्थिती रहेको पाउन सकिने ठोकुवा गरिन ।


जुनसुकै संस्था तथा कार्यालयमा महिलाको नेतृत्व संस्थागत गर्न नसके महिलाको सामाजिक जीवनको अस्तित्व संकटमा पर्न सक्ने नेपालगञ्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरले दावी गरिन । उनले पत्रकार महिला होस वा कर्मचारी महिला उनीहरुको कार्यलयमा उपल्लो स्तरको कर्मचारीले पुरुषलाई भन्दा महिलालाई गर्ने व्यावहारमा धेरै फरक भएको दावि गरिन ।

यस्तै छलफलकै क्रममा बोल्दै सञ्चारकर्मी सुमित्रा पण्डितले स्थानीय सरकारले पत्रकारहरुसंग गर्ने गरेको महत्वपुर्ण बैठक र नीति निर्माणका तहमा कार्यक्रमहरुमा महिलाका विषयको उठान गर्नु त परै जावस उनीहरुको सहभागिताको आवश्यकता समेत महसुस नगर्ने गरेको बताईन् । छलफलमा बाँकेमा रहेर पत्रकारिता गरिरहेका पत्रकार महिला र अन्य सरोकारवाला महिलाको उपस्थिती रहेको थियो ।

Next Post

सडक दुर्घटनामा बर्दियामा एकको मृत्यु

१५ फाल्गुन २०७६, बिहीबार ०९:५१
सदरलाइनडटकम, बर्दिया : सडक दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ रानीपुरमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ मढेलाका २४ वर्षीय निरक शाहीको मृत्यु भएको हो । भे ८ […]

सम्बन्धित