२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

स्व.श्याम थापा स्मृति फुटबलको तयारी पुरा



नेपालगञ्ज : दोश्रो स्व.श्याम थापा स्मृति फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । चर्चित फुटबलर स्व.श्याम थापा (हुईया)को सम्मान स्वरुप हुन लागेको प्रतियोगिताको दोश्रो संस्करण शनिवारदेखि शुरु हुँदैछ ।

आयोजक जय किसान स्पोर्टस क्लबले प्रतियोगिताको सम्पूण तयारी पुरा भएको जनाएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नं. १ सैनिकमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी १२ टिमको सहभागिता रहने आयोजकले बताएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख २१ हजार र उपविजेताले ६१ हजार रुपैयाँसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले ५–५ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।

बाँके जिल्ला फुटबल संघसँगको समन्वयमा हुन लागेको प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रबार
ताजा समाचार