२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

जमुनाहा नाकामा फेरि कोभिड संक्रमण पुष्टि



नेपालगञ्ज : नेपालगञ्जस्थित जमुनाहा नाकामा शुक्रवार फेरि एक जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

जमुनाहा नाकामा आज कोभिड जाँच गर्दा बर्दियाका २७ वर्षीय पुरुषमा कोभिड पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

गत असोज १ गतेपछि बाँकेमा पहिलोपटक गत पुस १४ गते जाजरकोेटीकी एक महिलामा कोभिड पुष्टि भएको थियो । बाँकेमा साढे तीन महिनापछि फेरि कोभिड भेटिएको हो ।

प्रकाशित मिति : २०७९ पुस २२ गते शुक्रबार
ताजा समाचार