स्वास्थ्य मन्त्री गिरीद्वारा दादुरा प्रकोप क्षेत्रको अवलोकन

सदरलाइन संवाददाता ८ माघ २०७९, आईतवार १२:५८
 

नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा प्रकोप क्षेत्रको अवलोकन गरेका छन् ।

मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण श्रेष्ठ, मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल सहितको टोलीले बाँके पुगेर नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपास फैलिएको दादुरा महामारी क्षेत्रको अवलोकन गरेको हो ।


उनीहरु विभिन्न स्वास्थ्य सस्थामा पुगेर दादुरा विरुद्धको जारी खोप अभियानको पनि अवलोकन गरेका छन् । साउन १२ गतेदेखि फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न हाल महामारीलक्षित खोप कार्यक्रम तीव्र पारिएको छ । बाँकेबाट फैलिएको दादुरा हाल सुर्खेतमा समेत पुगेको छ ।

समुदायस्तरमा दादुरा फैलिएपछि पुस २२ गतेदेखि दादुरा–रूबेलाविरूद्धको खोप अभियान सुरु गरिएको छ । हाल नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्र बनाइ ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई तीव्र रूपमा खोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीमा डायलाईसिस कक्षको उदघाटन

८ माघ २०७९, आईतवार १२:५८
नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय पदम गिरीले भेरी अस्पताल नेपालगञ्जको निरीक्षणसंगै डायलाइसिस कक्षको उदघाटन गरेका छन् । अस्पतालको सेवालाई सर्वसुलभ र पहुँचमैत्रीपुर्ण बनाउने उद्देश्यसहित डायलाईसिस सेवालाई चार सय गुणाले वृद्धि गरिएको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसदहरु सुर्य ढकाल, डा. […]