सदरलाइनडटकम,
कास्की : राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जीतेको छ । लामाचौर तीज महोत्सवअन्तर्गत सोमवार पोखरामा भएको फाइनल खेलमा पुलिसले न्यू डायमण्ड एकेडेमी काठमाण्डौलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जीतेको हो ।
चार पटकको च्याम्पियन न्यू डायमण्डलाई स्तब्ध बनाउँदा पुलिसले पहिलो सेट १५–१६ ले जीतेको थियो । त्यसैगरी दोस्रो सेटमा २५–१४ ले पछि परेको न्यू डायमण्डले तेस्रो सेटमा फर्कने प्रयास गरेपनि २५–२० ले पराजित हुँदै पाँचौ पटक उपाधि जित्ने अभियानमा धक्का लागेको छ ।
