करेन्ट लागेर बाँकेमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता २८ मंसिर २०८०, बिहीबार १३:४६
 

नेपालगञ्ज : कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लाग्दा इन्स्टिच्युट सञ्चालकको बुधवार राती मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ६ सिधनवा बस्ने ३६ वर्षीय कृष्ण बहादुर थारुको मृत्यु भएको हो ।


आफ्नै घरमा रहेको राप्ती कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तरकारी बिक्री गर्न बिहानै नेपालगञ्ज पुग्छन् थारू महिला

२८ मंसिर २०८०, बिहीबार १३:४६
नेपालगञ्ज : गाउँघरमा उत्पादन भएको विषादी नहालिएको अर्गानिक तरकारीको माग सहर बजारमा बढ्दै गएपछि नेपालगञ्ज वरिपरिका ग्रामीण क्षेत्रका महिला एकाबिहानै तरकारी लिएर नेपालगन्ज पुग्ने गरेका छन् । अर्गानिक तरकारीको बिक्री र माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा तरकारी खेती गरेर राम्रो कमाइ गर्न […]