सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : तराईमा केही दिन अघिदेखि लागेको हुस्सु र शीतलहको प्रभाव शुक्रवार बेलुकीदेखि कम हुने मौसमविद्ले बताएका छन् ।
शुक्रवार केही पानी पर्ने सम्भावना भएकाले तराईको हुस्सु र शीतलहर बेलुकीदेखि बिस्तारै हट्दै जाने र अन्य ठाउँको मौसम पनि क्रमशः खुल्दै जाने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताए ।
तराईमा शीतलहर कम भए पनि आज पश्चिमी वायुको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै शुक्रवार पश्चिमी पहाडी भेगको एकदुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिए ।
