प्रेस युनियन लुम्बिनीको अध्यक्षमा गौतम, महासचिवमा गिरी चयन

सदरलाइन संवाददाता ६ माघ २०७९, शुक्रबार ११:३८
 

नेपालगञ्ज : नेपाल प्रेस युनियन लुम्बिनीको अध्यक्षमा सुदीप गौतम निर्वाचित भएका छन् । दाङको घोराहीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट गौतम सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

अधिवेशनबाट खुला उपाध्यक्ष जय सिंह केसी, महिला उपाध्यक्षमा सारदा मल्ल, समावेशी उपाध्यक्ष पहलमान घर्ती चयन भएका छन् ।

यस्तै महासचिवमा नवीन गिरी, खुला सचिवमा सूर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेशी सचिवमा सम्सेर विक्रम जिसी भएका छन् भने कोषाध्यक्ष सिपी खनाल बनेका छन् ।


अधिवेशनबाट प्रकाश रेग्मी, वसन्त वन्जाडे, तेजेन्द्र केसी, सुदिप भण्डारी, गौरव गिरी, विष्णु आचार्य, पारस भण्डारी, दिलीप खडका, प्रमोद आचार्य, रबीन सर्मा चापागाईँ, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सीमा भट्टराई , ओमा कडेल, पूजा पन्थी, दुखहरण यादव, रवीन्द्र यादव, सुरेश परियार सदस्य बनेका छन् ।

यसै गरी लेखा समिति संयोजकमा मुक्ती प्रसाद न्यौपाने र सदस्यमा इन्द्रजीत रेग्मी र प्रकाश घिमिरे बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुरामा हिमपात, जनजीवन प्रभावित

६ माघ २०७९, शुक्रबार ११:३८
बाजुरा : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो । पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ । बिहीबारदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । […]

सम्बन्धित