कोहलपुरका चिकित्सकसहित ४२ जना क्वारेन्टाइनमा

३२ जेष्ठ २०७७, आईतवार १८:०२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका ८ चिकित्सकसहित ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । जेठ २२ गते कलेजमा भर्ना भएका रुकुमका एक जना पेट सम्बन्धी विरामीको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा आएका डाक्टर, नर्स र सहयोगी कर्मचारी गरी ४२ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
मेडिकल कर्मचारी संघका अध्यक्ष यमबहादुर खड्काका अनुसार सम्पर्कमा आएकाहरुमध्ये ८ जना चिकित्सक, नर्स र सहयोगी कर्मचारी गरी ४२ जनालाई आइतवारदेखि क्वारेन्टाइनमा राखिएको छ । शनिवार मात्रै रुकुमका ती विरामीको आन्द्राको शल्यक्रिया गरिएको थियो । उनको रिपोर्ट पोजेटिभ आएपछि शल्यक्रियामा संलग्न डाक्टर, नर्सलगायत कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष खड्काले बताए ।
अस्पतालका अनुसार ८ जना डाक्टरलाई मेडिकल कलेज चिसापानी, नर्स र अन्य सहयोगी कर्मचारीलाई कोहलपुर मेडिकल कलेजको क्वारेन्टाइनमा राखिएको छ । विरामीको सेवामा खटेका डाक्टर, नर्स लगायत सबैलाई क्वारेन्टिनमा राख्ने मेडिकल कलेजको व्यवस्थापन समितिले निर्णय भएको संघका अध्यक्ष खड्काले बताए ।
साथै ती विरामीलाई राखिएको कलेजको सर्जरी वार्ड आइतवारदेखि शील गरिएको छ । तर ओपिडी र रेडियोलोजी सेवा पनि सुचारु रहेको छ । एक हप्ता अगाडि पनि अछामकी एक जना सुत्केरीमा कोरोना संक्रमण फेला परेपछि मेडिकल कलेज एक दिनका शील गरिएको थियो ।

Next Post

नरैनापुरमा बन अतिक्रमण गरी बनाईएका १३ घरटहरा भत्काईयो ६ जना माथि मुद्दा

३२ जेष्ठ २०७७, आईतवार १८:०२
सदरलाइनडटकम, नेपालगञ्ज  :  बाँकेको नरैनापुरमा राष्ट्रिय बन क्षेत्रमा अतिक्रमण गरी अबैध घरटहरा निर्माण गर्ने ६ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया सुरु गरीएको छ । डिभिजन बन कार्यालय बाँकेका प्रमुख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार आईतबार बाँकेको नरैनापुर–१ झरुवा नाकाको राष्ट्रिय बनमा अतिक्रमण गरी १३ वटा घरटहरा निर्माण गरेका गंगाप्रसाद पासीसहित […]

ताजा अपडेट