लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरीको नियन्त्रणमा

सदरलाइन संवाददाता ३१ जेष्ठ २०७९, मंगलवार १४:३१
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई मंगलवार प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती मीना बस्नेत र छोरीलाई हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । स्थानीयले घटनाबारे खबर गरेपछि वलीलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।


उनी लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । घटना हुँदा एकराज घरमा नभएको बताइएको छ । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए ।

नेकपा एमालेबाट दाङ ३ खबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनकी श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनी माओवादीमा लागेकी थिइन् । मीना बस्नेतले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध जाहेरी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

असार १ देखि बिदा र कार्यालय समय पुरानै

३१ जेष्ठ २०७९, मंगलवार १४:३१
नेपालगञ्ज : असार १ गते अर्थात बुधवारदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो । कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ […]

सम्बन्धित

ताजा अपडेट