कोहलपुरमा पहिलो दिनमै ६० प्रतिशत बढीले कोरोनाबिरुद्धको खोप लगाए

लक्ष्मी तिमिल्सेना ११ श्रावण २०७८, सोमबार १७:१५
 


कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा सुरु गरिएको कोरोनाबिरुद्धको खोप प्रतिको आकर्षण बढेको उपलब्ध गराईएको खोपको संख्या बृद्धि गर्न माग गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले लक्षित समुहलाई तोकेर पठाएको खोपको संख्या अपुग हुने भएकोले संख्या बृद्धि गर्न पर्ने अवस्था आईपुगेको बताए ।

उनले खोपको अवस्थाबारे जानकारी लिने उद्देश्यले कोहलपुर नगरक्षेत्रको मातहतका खोप केन्द्रहरुमा अनुगमन गर्दै अवस्थाको जानकारी लिएको बताए । उनले भने–‘ कोरोना संक्रमणबाट जोगिनको लागि लगाईने खोपको माग र खोप प्रतिको आकर्षण बढेर गएको छ । दुरुपयोग नहोस भनेर पालिकाको सबै खोप केन्द्रको अवस्थाको स्थलगत अवलोकन गरिएको छ ।’

कोहलपुरमा हिजो आइतबारदेखि सुरू भएको कोरोनाविरूद्धको खोपको अवस्थालाई नगरले आफ्ना मातहतका खोप केन्द्रहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा खोपको माग अधिक रुपमा आएको आफुलाई सबैले खोप सर्वसुलभ तरिकाले पाउनु पर्ने माग राख्ने गरेको बताए । संघिय सरकारले लक्षित वर्ग र उमेर समुह तोकेर खोप पठाएको कारणले पनि कोरोना विरुद्धको भेरोसिल खोप लगाउनको लागि कुनै पनि दुरुपयोग हुन नसक्ने उनले दावी गरे ।


उनले कोहलपुरमा भेरोसिल खोप लागाउने कार्यको लगत्तै अर्को लक्षति समुहको लागि खोप आउने क्रममा रहेकोले १८ वर्ष माथिका सबै नगरबासीलाई खोप उपलब्ध गराउने तयारी अगाडि बढाउदै संघ र प्रदेशमा ताकेता गरिएको जानकारी दिए ।

कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख शोभा अधिकारीले संघले कोहलपुरका लागि भनेर पठाएको ५ हजार ३ सय ३२ मात्रा खोप मध्ये ३ हजार १२ जनालाई आइतबार नै लगाई सकिएको जानकारी दिईन । ५५ बर्ष भन्दा माथिका नागरिक, शिक्षक र अत्यावश्यक कर्ममा लागेका व्यक्तिका लागि लक्षित गरेर ल्याईएको भए पनि हरेक उमेर समुहकाले कोभिड–१९ बिरुद्धको खोप लाउन ईच्छा प्रकट गरेर पहिलो दिन खोपकेन्द्रसम्म आउनेको भिड रहेको तर, दोस्रो दिन भने अवस्था सामान्य रहेको बताईन ।

उनले खोपको लक्षित समुह तोकिएर आएको कारणले पनि दुरुपयोग हुन नसक्ने दाबी गर्दै खोप लगाउन उमेर खुल्ने र लक्षित समुह किटान भएको कागजात अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको कारणले पनि दुरुपयोग हुने सम्भावना नहुने बताईन । चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, ५५ वर्ष माथिका नागरिक, सञ्चारकर्मी, अधिकारकर्मी, सुरक्षाकर्मी, बैंकर्स लगायतलाई लक्षित समुह तोकेर खोप उपलब्ध गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटको मान्म–नरहरीनाथ जोड्ने केबुलकार निर्माण गरिदै

११ श्रावण २०७८, सोमबार १७:१५
कालिकोट : कालिकोटको नरहरिनाथ गाउँपालिकाको वडा नम्वर १ कोडवाडा सदरमुकाम मान्म जोड्ने केवुलकार निर्माण गरिने भएको छ । सोमवार कालिकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मुख्यमन्त्री प्रमुख आतिथ्यता र कर्णाली प्रदेश सरकारको आयोजनामा कोडवाडा मान्म केवलकार सम्भाव्यता अध्ययनको प्रतिवेदन माथि छलफल कार्यक्रम भएको छ । यस […]