बाजुरामा हिमपात, जनजीवन प्रभावित

सदरलाइन संवाददाता ६ माघ २०७९, शुक्रबार ११:४६
 

बाजुरा : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो ।

पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ । बिहीबारदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षासँगै हावाहुरीसमेत चल्न थालेको छ ।


चिसो बढेपछि स्थानीय आगो ताप्न थालेका छन् । मौसम बदलीका कारण जिल्लाको तापक्रम दुई डिग्री सेल्सियसमा झरेको छ । चिसो बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । हिमपात हुन लागेपछि कृषक खुशी भएका छन् । वर्षाका कारण लगाएको खेती सुकेर जान थालेको बेला पानी परेपछि किसानलाई राहत पुगेको छ ।

जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली, स्वामीकात्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका उच्च भागमा हिमपात भएको छ । मार्तडी–कोल्टी सडकमा पर्ने पोरखे लेकमा हिमपात भएपछि आवतजावत गर्न समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यार्थी बने मुख्यमन्त्रीको सद्भावना दूत

६ माघ २०७९, शुक्रबार ११:४६
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले कालिका मानवज्ञान मावि बुटवलमा कक्षा १२ मा अध्ययनरत छात्रा प्रशंसा खनाललाई सद्भावना दूत चयन गरेका छन् । कालिका मानवज्ञान मावि बुटवलले सुरु गरेको मेरो सांसद कार्यक्रमअन्तर्गत मुख्यमन्त्री गिरीले कानुन सङ्कायमा अध्ययनरत खनाललाई सद्भावना दूत चयन गरेका हुन् । आफ्नो सद्भावना दूत चयन गरेपछि […]

सम्बन्धित