हावाहुरुसँगै परेको पानीले बाँकेको धानबालीमा ठुलो नोक्सानी

यदुराज मिश्र १९ आश्विन २०७८, मंगलवार १३:३६
 

नेपालगञ्ज : मनसुन सक्रिय हुँदा बाँकेमा काट्न तयारी अवस्थामा रहेको धानवालीमा ठुलो नोक्सानी पुगेको छ । सोमवार राती हावाहुरीसँगै भएको वर्षातले धानवालीमा ठुलो नोक्सानी पुर्याएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए ।

दिन विराएर वर्षा भइरहेकाले किसानहरुले पाकीसकेको धान काट्न पाएका छैनन् । त्यसैमा हावाहुरी सहितको बर्षा हुँदा धान पुरै ढलेको छ । हावाहुरीसँगै परेको पानीले सबै धान ढालेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका किसान उमेशकुमार यादवले बताए ।


ढकालका अनुसार बाँकेमा ३६ हजार ५ सय हेक्टर जमिनमा धान खेती लगाइएको छ । त्यसमध्येमा २५ देखि ३० प्रतिशत क्षेत्रफलमा राधा–४ धान किसानहरुले लगाएका छन् । योबर्षाले राधा चार धानलाई बढी नोक्सानी पुगेको छ ।

डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनिया, राप्तीपारी फत्तेपुर, खजुरा, बैजानाथलागयातका ठाउँमा क्षति पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चट्याङ लागेर बैतडीमा एकको मृत्यु, तीन घाइते

१९ आश्विन २०७८, मंगलवार १३:३६
बैतडी : डिलाशैनी गाउँपालिका–५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार सोमबार राति परेको चट्याङले अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा सोही ठाउँमा अम्बे लुहार, हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का दीपक […]