यातायात व्यवसायलाई प्रविधिमैंत्री बनाउने सरकारको प्रतिवद्धता

सदरलाइन संवाददाता २६ माघ २०७७, सोमबार १९:२०
 


काठमाण्डौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैंत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले ट्याक्सी, बस, कारलगायतका सार्वजनिक सवारी साधन संचालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैंत्री बनाउन लागि पर्ने बताए ।

सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको सामूहिक भेटमा उनले ग्राहकलाई ठगिन नदिन तथा सडक जामलगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढनुुको विकल्प नरहेको स्पष्ट पारे ।

त्यस अवसरमा मन्त्री गुरुङले अन्तराष्ट्रिय मापदण्डको आधारमा सवारी साधनहरुको संचालन र व्यवस्थापन गर्न सवारी चालकहरुलाई आग्रह समेत गरे । उनले सामाजिक सेवाको भावना अनुसार विरामीहरुलाई निःशुुल्क सेवा दिन पनि सवारी चालकहरुको ध्यानाकर्षण गराए ।


सो अवसरमा समाजका अध्यक्ष पूूर्णलाल मोक्तानले जथाभावी भाडा असुली गरि रहेका तथा ऐन विपरित संचालनका आएका निजी कार, भ्यान, जीपको अनुुगमन गरी कार्वाही गर्न माग गर्दै समय सापेक्ष सार्वजनिक सवारी साधनको भाडादरमा समायोजन गर्न, चालक तथा चालक मजदुरुहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्ने लगायतका १४ बुुँदे मागसहितको ज्ञापन पत्र मन्त्री गुरुङलाई बुुझाए ।

मन्त्री गुरुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् यातायात ऐन प्रतिकूल हुने गरी संचालनका आएका सवारी साधनहरुको व्यवस्थापनमा लागिपर्ने बचन दिए ।

Next Post

बाँकेका पत्रकारलाई खोप लगाउने कार्यक्रम स्थगित

२६ माघ २०७७, सोमबार १९:२०
नेपालगञ्ज : बाँकेमा कार्यरत पत्रकारहरुलाई कोरोनाबिरुद्धको खोप लगाउने कार्यक्रम स्थगित भएको छ । मंगलवार सञ्चारकर्मीहरुलाई कोरोनाबिरुद्धको खोप लगाउने कार्यक्रम तय भएको थियो । पत्रकारहरुलाई खोप लगाउने निर्णय भएको केही समयमै लुम्बिनी प्रदेश निर्देशनालयद्वारा हाललाई उक्त कार्य नगर्नु भनी निर्देशन आएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीले […]