नेपालगञ्जको एक होटलबाट नक्कली नोटसहित मेशिन बरामद

सदरलाइन संवाददाता ३ माघ २०७९, मंगलवार १३:००
 
फाइल तस्विर

नेपालगञ्ज : प्रहरीले नेपालगञ्जको एक होटलबाट नक्कली नोट छाप्ने मेशिनसहित नक्कली नोट बरामद गरेको छ ।

नेपालगञ्जको धम्बोझीचोकस्थित पाहुना घरबाट नक्कली नोट छाप्ने मेशिनसहित केही थान नक्कली नोट जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको हो ।

पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको छ । ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठा खोल्दा ५० रुपैयाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौरले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताए । प्रहरीले होटलमा बसेको व्यक्तिको खोजी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगलवार बाँकेमा ४७ खोप केन्द्रबाट दादुरा–रुबेला खोप लगाईंदै

३ माघ २०७९, मंगलवार १३:००
नेपालगञ्ज : मंगलवार नेपालगञ्ज र खजुराका ४७ खोप केन्द्रबाट दादुरा–रुबेला खोप लगाईंदैछ । नेपालगञ्जका १६ वडामा ३० र खजुराका ८ वडामा १७ खोप केन्द्र सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मंगलवार वडा नम्बर २, ३, ६, ९, १०, ११, १२, १३, १६, […]