एमालेको मेचीकाली अभियानको बाँकेमा तयारी तीब्र

२८ फाल्गुन २०७३, शनिबार ०७:००
 

सदरलाइनडटकम   
२८ फागुन, नेपालगन्ज : संविधान कार्यान्वयनका लागि नेकपा एमालेले गत फागुन २१ देखि झापाबाट सुरु गरेको मेचीकाली अभियान चैत्र १ गते बाँकेको नेपालगन्ज पुग्ने भएको छ ।
एमाले बाँकेले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर सो अभियानको बारेमा जानकारी दिएको छ । अभियानलाई भब्यताको साथ सम्पन्न गराउने गरी अभियानलाई तीब्र पारिएको जनाईएको छ ।
एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले एमालेले सुरु गरेको मेचीकाली अभियान कुनै वर्ग, जाति, धर्म र समुदायको बिरुद्ध नभई नेपाली राष्ट्रियता र संविधान कार्यान्वयनका लागि मात्र भएको दाबी गरे । उनले अभियानको तयारीको लागि करिव ५ सय युवा स्वयमसेवक परिचालन गरिने बताए ।
उनले नेपालगन्जको कारकाँदोमा रहेको प्रदर्शनी गृह निर्माणस्थलमा आयोजना गरिने अभियानको सभामा ५० हजार जनताको सहभागिता रहने जानकारी दिए । ‘पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको प्रमुख आथित्यमा आयोजना गरिने सभा कुनै जाति, बर्ग, समुदाय र धर्मका बिरुद्ध नभई नेपाली जनाताबीच एकता र राष्ट्रिय भावनालाई दरिलो बनाउनु हो’–उनले भने ।



उनले आफ्नो पार्टीले जनताबाट आफुलाई जनअनुमोदन गर्नको लागि आयोजना कार्यक्रममा सबैको सहयोगको अपेक्षा गरेको
बताउदै भने–‘ लोकतन्त्रमा हिड्ने, बोल्ने, र आफ्नो मत जाहेर गर्ने सबैको बराबर अधिकार हुने भएकोले लोकतान्त्रिक मूल्य र मान्यताको सबैले कदर गर्नैपर्छ र बाँकेमा पनि त्यसको पालना हुने विश्वास लिएको छु ।’
चैत्र १ गते कै दिन मधेशी मोर्चाले बन्द आव्हान गरेको भएपनि सो दिन आफुहरुको मेचीकाली अभियानको कार्यक्रम रहेकोले मोर्चाका स्थानीय नेता तथा कार्यकर्ताहरु संग आफ्नो कार्यक्रमको बारेमा छलफल चलाई निकास निकाल्ने तयारी रहेको एमाले बाँकेका अध्यक्ष कोईरालाले जानकारी दिए ।
जिल्लाका सबै क्षेत्रबाट पहिचान सहितको प्रतिधित्वको लागि तयारी गरिएको एमाले बाँकेले जनाएको छ । थारु, अवधी, मुस्लिम लगायतका समुदायको पहिचान सहितको उपस्थिति रहने गरी तयारी अगडि बढाईएको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिए ।
अभियानमा एमाले केन्द्रीय कमिटी, एमालेका संसद, जनवर्गिय संगठन, अभियान सम्पन्न भएका जिल्लाका नेता तथा कार्यकर्तागरी हजार भन्दा बढीको बाँके आवागमन हुने र उनीहरुको बासको लागि कोहलपुरमा स्थानीय जनताको घरमा बसाईने गरी तयारी गरिएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भृकुटीको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

२८ फाल्गुन २०७३, शनिबार ०७:००
सदरलाइनडटकम    २८ फागुन, नेपालगन्ज : नेपालगन्जको भृकुटी उमाविमा अध्ययनरत विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम शनिबार सम्पन्न भएको छ । कक्षा ११ का विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत तथा कक्षा १२ का विद्यार्थीहरुलाई कक्षा ११ का विद्यार्थीहरुले बिदाई कार्यक्रम गरिएको थियो । सुर्खेतरोडस्थित ओमकटेज रेष्टुरेण्ट एण्ड बारमा भएको सो […]