मंगलवार बाँकेमा ४७ खोप केन्द्रबाट दादुरा–रुबेला खोप लगाईंदै

सदरलाइन संवाददाता ३ माघ २०७९, मंगलवार १३:०७
 

नेपालगञ्ज : मंगलवार नेपालगञ्ज र खजुराका ४७ खोप केन्द्रबाट दादुरा–रुबेला खोप लगाईंदैछ ।

नेपालगञ्जका १६ वडामा ३० र खजुराका ८ वडामा १७ खोप केन्द्र सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मंगलवार वडा नम्बर २, ३, ६, ९, १०, ११, १२, १३, १६, १७, १८, १९, २०, २१, २२ र २३ मा कार्यालय समयमा खोप केन्द्र सञ्चालन गरेर खोप लगाईंदैछ ।

यहाँका २३ वडा मध्ये बाँकी ७ वटा वडाका खोप लगाउन छुट बालबालिकाहरूलाई समेत वडाका स्वास्थ्यकर्मीमार्फत ’खोज र खोप अभियान’ सञ्चालनमार्फत दादुरा रुबेला विरुद्धको खोप सेवा प्रदान गरिनेछ । वडा नम्बर १, ४, ५, ७, ८, १४ र १५ मा खोप प्रगति ९५ प्रतिशत माथि छ ।


नेपालगञ्जमा २२ हजार बालबालिकालाई दादुरा खोप लगाइएको छ । दादुरा–रुबेला खोप अभियान सञ्चालन गरेको एघारौं दिनसम्म ६ महिनादेखि १५ बर्षसम्मका २२ हजार १० बालबालिकाहरुलाई खोप लगाइएको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक खोप फोकल पर्सन जागेश्वर बस्नेतले बताए ।

पुस १२ गतेदेखि देखिएको दादुराबाट नेपालगञ्जमा हालसम्म १८९ बालबालिका संक्रमित भइसकेका छन् । यी मध्ये १३९ जना निको भएका छन् । ४९ जना होम आइसोलेसनमा छन् । एक जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोटमा औषधि अभाव

३ माघ २०७९, मंगलवार १३:०७
नेपालगञ्ज : जाजरकोटमा औषधि अभाव भएको छ । जिल्ला अस्पतालमा सेवा लिन पुग्ने बिरामीले औषधि नपाएको गुनासो गरेका छन् । डाक्टरले जाँच गरेपछि औषधिको नाम लेखेर ‘फार्मेसी’ मा जान सल्लाह दिने गरे पनि औषधि नपाएको बिरामीको गुनासो छ । सरकारी अस्पतालका फार्मेसीमा औषधि नहुँदा निजी क्लिनिङमा किन्न बाध्य भएको भेरी […]