जानकी साक्षर गाउँपालिका घोषणा

१९ असार २०७६, बिहीबार १९:१०
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी साक्षर गाउँपालिका घोषणा गरिएको छ । प्रदेश नं. ५ का प्रदेशसभा सदस्य बाबुराम गौतमले बिहीवार एक समारोहबीच गाउँपालिकालाई साक्षर घोषणा गरेका हुन् । गाउँपालिका साक्षर भएको प्रमाणपत्र पढेर सार्वजनिक गर्दै गौतमले गाउँपालिका अध्यक्ष रामनिवास यादवलाई साक्षर भएको प्रमाणपत्र प्रदान गरेका थिए । बाँकेको साक्षर गाउँपालिका हुनेमा जानकी तेस्रो स्थानीय तह भएको छ ।
गाउँपालिकालाई साक्षर बनाउन लागि गाउँपालिकाले विशेष साक्षर कक्षा सञ्चालन गरेको थियो । ६ वटै वडामा ४ सय ५६ अनौपचारिक शिक्षामार्फत ८ हजार ६ सय ६३ जनालाई साक्षर बनाइएको थियो । उक्त शिक्षामार्फत गाउँपालिकाको ९८ दशमलब ६७ प्रतिशत नागरिक साक्षर रहेका र बाँकी ४सय ६७ अर्थात १ दशमलब ३३ प्रतिशत जनसंख्या अझै पनि साक्षर हुन बाँकी रहेकोले फेरी पनि विशेष शिक्षामार्फत साक्षरलाई साक्षोत्तर कक्षा सञ्चालन गरी छिट्टै पूर्णसाक्षर गाउँपालिका घोषणा गर्ने अध्यक्ष यादवले प्रतिवद्धता व्यक्त गरे ।
घोषणा सभालाई सम्बोधन गर्दै सांसद गौतमले आफुले प्रत्यक्षरुपमा आर्थिक सहयोग गर्न नसके पनि प्रदेश सरकारसँग सिफारिस गर्ने र जानकी गाउँपालिकालाई पूर्ण साक्षर बनाउने अभियानमा आफ्नो सहयोग र सहभागिता रहने बताए । मधेसी समुदायको बाहुल्यता रहेको उक्त स्थानीय तह साक्षर गाउँपालिका भएको र यसले अन्य पालिकालाई समेत शिक्षा दिएको भन्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले १२ लाख ५० हजार सहयोग गर्ने घोषणा गरे । श्रीवास्तवले साँच्चिकै भौतिक पूर्वाधारको खाँचो परेको विद्यालयलाई पूर्वाधार निर्माणका लागि गाउँपालिकाले सिफारिस गर्ने र जिल्ला समन्वय समितिले आर्थिक सहयोग गर्ने बताए ।
जानकी गाउँपालिका ६ वटा वडामध्ये वडा नं. ४ सबै भन्दा बढी ९९ दशमलब ३३ प्रतिशत साक्षर वडा रहेको छ । वडा नं. १ सबै भन्दा कम ९७ दशमलब ६ साक्षर रहेको छ । गाउँपालिका शिक्षा शाखा संयोजक खगेन्द्र मल्लका अनुसार गाउँपालिकाका वडा नं. २ र ४ जेठ २८ गते साक्षर घोषणा भएका थिए भने मंगलवार मात्रै वडा नं. ५ बेलहरीलाई साक्षर घोषणा गरेसँगै गाउँपालिका साक्षर भएको बताए ।

Next Post

नेपालगञ्ज नगरविकास समितिमा नायाँ नेतृत्व

१९ असार २०७६, बिहीबार १९:१०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज नगर विकास समितिमा नेतृत्व फेरीएको छ । समितिको अध्यक्षको रुपमा नगर प्रमुख डा. धवल शम्शेर राणाले शुक्रबार पदभार ग्रहण गरेका छन् । यसअघि नगर विकास समितिमा राजनीतिक नियुक्ति हुने व्यवस्था रहेको थियो । शुक्रबार नै समितिको पहिलो बैठक सम्पन्न भएको नगर विकास समितिका सदस्य तथा नेपालगञ्ज […]