बस दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

४ चैत्र २०७५, सोमबार १४:५४
 

सदरलाइनडटकम,
डोटी : डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातयातको माइक्रो बस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका ६ बस्ने वर्ष २६ को गणेश साउद रहेको प्रहरीले जनाएको छ । मृतक साउद नेपाल प्रहरी जवान भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण खड्काले दिनुभएको जानकारीअनुसार घाइते हुनेहरुमा डोटीको दिपायल सिलगढी नगरपालिका ८ खातीवडा बस्ने वर्ष ५७ का कैला ढोली, ३७ वर्षीया लक्ष्मी दमाई, शिखर नगरपालिका–११ बस्ने ४४ वर्षीय जर दमाई र उनकी श्रीमती ४३ वर्षीया विष्ना दमाई, डडेल्धुरा गन्यापधुरा गाउँपालिका ५ बस्ने वर्ष ४० का राजु दमाई, कैलाली जानकी गाउँपालिका–२, बस्ने वर्ष ५२ का वीरबहादुर रोक्का मगर, कैलाली टिकापुर नगरपालिका–१३ बस्ने वर्ष ३५ की दिपा जोशी तथा धनगढी उपमहानगरपालिका ३ बस्ने वर्ष २० की निशा चन्द रहेका छन् ।
अन्य दुई जनालाई भने सामान्य चोटपटक मात्रै लागेकाले उनीहरु घर फर्किसकेका छन् । दिपा र निशालाई थप उपचारका लागि दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको छ भने अन्यको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

हातखुट्टा गुमाएका बुद्धिमानलाई सहयोग हस्तान्त्रण

४ चैत्र २०७५, सोमबार १४:५४
सदरलाइनडटकम, बैजनाथ (बाँके) : भारतको सिम्लामा मजदुरी गर्नेक्रममा दुबै हात र खुट्टा गुमाएका बाँकेको बैजनाथका बुद्धिमान कुँवरलाई आर्थिक सहयोग गरिएको छ । बाँके सेवा समाज कतारले पठाएको एकलाख २० हजार १०१ रुपैयाँ सोमवार नेकपा बाँकेका नेता रत्न खत्रीले कुँवरलाई हस्तान्तरण गरे । नेकपा नेता खत्रीको पहलमा समाजका अधयक्ष राजकुमार खत्री, […]