मुगुमा हप्तामा एक दिन मात्र चामल वितरण

सदरलाइन संवाददाता १७ श्रावण २०७९, मंगलवार १५:०९
 

मुगु : डिपोमा आवश्यक चामल नभएपछि मुगुमा हप्तामा एक दिन मात्र चामल वितरण गरिन थालेको छ ।

हप्तामा एक दिन मात्र खाद्यान्न वितरण गर्ने नीति अनुसार आइतबार १२० क्विन्टल चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले जानकारी दिएको छ । विपद्, आगलागी जस्ता घटना भएमा आपत्कालीन र तत्काल राहत उपलब्ध गराउनुपर्ने नीति अनुसार राखिएको ८५० क्विन्टल चामल अहिले वितरण गर्न लागिएको हो । गरिब र विपन्नको समस्यालाई दृष्टिगत गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उक्त चामल वितरणको व्यवस्था मिलाएको हो ।

३० केजी चामल बजारमा खरिद गर्दा १ हजार ५०० देखि २ हजारसम्म पर्छ । कम्पनीको चामलभन्दा बजारको चामलको मूल्य २५० देखि ३०० सयसम्म मात्र फरक रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुका प्रमुख पुस्कर भामले जानकारी दिए । उनका अनुसार तोकिएको कोटा अनुसारको खाद्यान्न ढुवानी नहुँदा चामल अभाव भएको हो ।


११ हजार क्विन्टल चामलमध्ये ८ हजार १ सय क्विन्टल चामल मात्र जिल्लामा ढुवानी भएको उनको भनाइ छ । सोरु डिपोमा २ हजार ५ सय कोटामा १ हजार ९ सय क्विन्टल मात्र, श्रीकोट डिपोमा १ हजार कोटामा ९ सय क्विन्टल मात्र ढुवानी भएको थियो ।

त्यस्तै पुलु डिपोमा १ हजार ७ सय क्विन्टलमा १ हजार १ सय क्विन्टल मात्र, सातापानीमा ८ सय क्विन्टल कोटामा १७० क्विन्टल मात्र ढुवानी भएको थियो । त्यसैगरी कालैया डिपोमा ३ हजार कोटामा एक गेडा चामल पनि नआएको प्रमुख भामले बताए । बिक्री केन्द्रमा कर्मचारी समेत नहुँदा वितरणमा समेत समस्य देखिएको उनको भनाइ छ । मुगुमा पाँचवटा खाद्य डिपो छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा पस्यो

१७ श्रावण २०७९, मंगलवार १५:०९
कञ्चनपुर : चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । मंगलवार रातीदेखि आएको बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ । बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् । मंगलवार राती चौधरको बाढी सडक […]