भुकम्प प्रभावित क्षेत्रमा नरैनापुरले पठायो सहयोग सामग्री

सदरलाइन संवाददाता २२ कार्तिक २०८०, बुधबार १३:०८
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई २ लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ ।

कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल मार्फत सहायता सामग्री पठाएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।

नरैनापुर गाँउपालिकाका प्रेस संयोजक आलम खानका अनुसार प्रमुख प्रशासकीय अधिकृत खराल सहित वडा नं ४ का अध्यक्ष मनोज शर्मा र वडा नं. ५ का अध्यक्ष कृष्णचन्द मौर्यले प्रमुख जिल्ला अधिकारी पोख्रेललाई सहायता सामग्री सहितको पत्र हस्तान्तरण गरेको बताए । उनका अनुसार चामल, दाल, नून लगायतका सामग्री रहेका छन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरि मृतकका परिवारमा समबेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।


गाउँपालिकाले घाइतेहरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै गाउँपालिकाबाट समेत सो कार्यका लागि सामाग्री पठाइएको र एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत खरालले जानकारी दिए ।

साथै बिनाशाकारी भुकम्पमा परि नलाड नगरपालिकाका उपप्रमुख सरिता सिंह लगायत दिवंगत भएका सबै मृतकप्रति पालिकाले श्रद्धाञ्जली अर्पण गरेको छ । यस्तै गाउँपालिका अध्यक्ष शाहले यस्ता विपत्तीहरु जतिबेला पनि आउन सक्ने भन्दै सचेत रहन सबै जिल्लाबासीलाई आग्रह गरेका छन् ।

भुकम्प हामीले रोकेर नरोकिने भएको हुँदा यसबाट कसरी क्षति कम गर्न सकिन्छ यस तर्फ सचेत हुनुपर्ने बताए । शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीमा ४९ जना भूकम्पका घाइते उपचाररत, ३ जना डिष्चार्ज

२२ कार्तिक २०८०, बुधबार १३:०८
नेपालगञ्ज : जाजरकोट भूकम्पमा घाइते भएका ४९ जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो १२ घण्टामा ३ जना घाइते थपिएका छन् । हालसम्म ५३ जना भर्ना भएकोमा १ जनाको मृत्यु भएको छ भने ३ जना डिष्चार्ज भएका छन् । १ जनाको आइसियूमा उपचार भइरहेको जिल्ला आपतकालीन कार्यालय संचालन […]

सम्बन्धित