दाङ : प्युठानमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्युठान नगरपालिका वडा नं–५ आरुडाँडास्थित बाटो मुनी एक खोल्सामा स्थानीय ५६ वर्षीय दाइराम थापाको शव फेला परेको हो ।
उनको शव स्थानीयले सोमबार विहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सत्यनारायण थापाकाअनुसार दाइरामको शवको केही भाग सडिसकेको छ । स्थानीय लक्षुमण भण्डारीले मृत भेटिएका थापा साउन १२ गतेका दिन विहान अदुवा, वेसार बेच्न भनि बिजुवार बजार आएका थिए ।
सोही दिन साँझ गाडीमा चामल लिएर घर फर्किएका उनी छिमेकीको घरमा चामल राखेर एकैछिन पछि आउँछु भनेर निस्केपछि बेपत्ता भएका थिए ।
त्यसपछि उनी घर फर्किएका थिएनन् । स्थानीयले खोजी गर्दै जाँदा थापा ५ दिनपछि सोमवार विहान मृत अवस्थामा फेला परेका हुन् ।