लुम्बिनीमा सोमवार हुने भनिएको माघी महोत्सव स्थगित

सदरलाइन संवाददाता २ माघ २०७९, सोमबार १३:२५
 

दाङ : लुम्बिनी प्रदेश सरकारले सोमवार गर्ने भनिएको माघ महोत्सव कार्यक्रम नगरिने भएको छ ।

आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले आइतबार पोखरामा भएको प्लेन दुर्घटनाबाट उत्पन्न भएको दुःखद् परिस्थितीका कारण माघ महोत्सव आयोजना नगरिने जानकारी दिएको छ ।

प्रदेश सरकारले माघ पर्वको अवसरमा सोमबार प्रदेशभर सार्वजनिक विदासमेत दिने निर्णय गरेको थियो ।


विभिन्न समुदायको कला संस्कृती र झाँकी प्रदर्शनका साथै शुभकामना आदान प्रदान कार्यक्रम राख्ने तयारी थियो ।

मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले एक सूचना जारी गर्दै माघ महोत्सव नगरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशसभाको बैठक स्थगित

२ माघ २०७९, सोमबार १३:२५
सुर्खेत : कर्णाली प्रदेशसभाको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा सरकारले सार्वजनिक बिदा दिएसँगै कर्णाली प्रदेश सभा बैठक स्थित भएको हो । आइतबार काठमाडौंबाट पोखराको लागि ४ जना चालक दलका सदस्यसहित ६८ जना यात्रु बोकेर उडेको यती एयरको एटिआर ७२ जहाज पोखरा […]