कर्णाली नदीमा पुरुषको शव फेला

सदरलाइन संवाददाता २८ बैशाख २०८०, बिहीबार १३:०९
 

बर्दिया : कर्णाली नदीको चिसपानी पुल नजिक एक पुरुषको शव फेला परेको छ । करिब ५० देखि ५५ वर्ष उमेरको पुरुषको शव बुधबार बेलुकी फेला परेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

ठाकुरबाबा नगरपालिका–२ स्थित फेला पारेको शव सडेगलेको अवस्थामा पहिचान हुन नसकेको उनले बताए । प्रहरीले शव परीक्षणका लागि जिल्ला अस्पताल गुलरियामा ल्याएको छ । सबै प्रहरी युनिट लगायतका ठाउँमा घटनाबारे जानकारी गराइसकेको र शव पहिचानका लागि सबैमा आहृवान गरिएको छ ।


शव पहिचानका लागि तीन दिनसम्म अस्पतालको शव गृहमा राखिने छ । त्यसपछि कोही पनि पहिचानका लागि नआए पोष्टमार्टम गरिने डिएसपी बोहोराले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लायन्स क्लब अफ नेपालगञ्जमा धामी निर्वाचित

२८ बैशाख २०८०, बिहीबार १३:०९
नेपालगञ्ज : लायन्स क्लब अफ नेपालगञ्जको नेतृत्वमा मख्खन धामी निर्वाचित भएका छन् । लायन वर्ष २०२३–२०२४ का लागि भएको निर्वाचनमा धामीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । पूर्व अध्यक्षसमेत रहेका लायन्स रिजन चियरपर्सन भीम सुवेदीका अनुसार, धामीको अध्यक्षतामा सर्वसम्मत निर्वाचित भएको नयाँ कार्यसमितिमा सरोज न्यौपाने प्रथम उपाध्यक्ष, यज्ञ बहादुर […]

सम्बन्धित