भन्सार छलेर भण्डारण गरेको लत्ता कपडा बरामद

सदरलाइन संवाददाता १८ असार २०८१, सोमबार १५:५३
 

नेपालगञ्ज : बाँके प्रहरीले भन्सार छलेर नेपालगञ्जमा भण्डारण गरेको अवस्थामा करिव साढे ३८ लाख बराबरको कुर्तासुरवाल र साडी बरामद गरेको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले नेपालगञ्ज–२ न्युरोड भानुभक्तचोक नजिकै सोनी गुप्ताले आफ्नै घरमा भारतबाट अवैध रुपमा भन्सार छलि गरी ल्याइ भण्डारण गरी राखेको साडी र कर्ता सुरवाल बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगिले प्रहरीले भन्सार छलेर ल्याएको ४ हजार २ सय ४७ पिस कुर्ता सुरवाल र ८ सय ४० पिस साडी गरी ३८ लाख ३९ हजार २ सय मूल्य बराबरको सामान नियन्त्रणमा लिएर सोनीसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा बुझाईएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री

१८ असार २०८१, सोमबार १५:५३
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा–बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय युवा–विद्यार्थीको विदेश पलायनको सङ्ख्या वर्षेनी बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुपर्ने बताएका हुन । […]