सदरलाइनडटकम,
दाङ : भारतले नेपाली भूमि आफ्नो नक्सामा गाभेको बिरोध गर्दै दाङमा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । माध्यमिक विद्यालय रझेना घोराहीका विद्यार्थीहरुले भारत विरुद्ध प्रर्दशन गर्दै नेपाली भूमि फिर्ता गराउन सरकारलाई दवाव स्वरुप जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् ।
नेपाली भूमि मिच्न पाईदैन, लिपुलेक हाम्रै हो, भारतिय हस्तक्षेप बन्द गर, नयाँ नक्सा खारेज गर जस्ता नारा लगाउदै बिद्यार्थीहरुले घोराही बजारमा प्रर्दशन समेत गरेका छन् । भारतले एक पक्षिय ढंगबाट जारी गरेको नक्सा कुनै पनि हालतमा स्विकार्य नहुने भन्दै विद्यार्थीहरुले ऐतिहासिक दस्ताबेज, प्रमाणमा आधारमा कुटनितिक ढंगले नेपाली भूमि फिर्ता ल्याउन सरकार सँग माग गरेका छन् ।
