नेपालगञ्ज : नेपालगञ्जका समजसेवी तथा महिला नेत्री एवम पहिलाे संविधान सभाका सदस्य माेहम्मदी सिद्दिकीकाे काेराेना संक्रमणका कारण उपचारकाे क्रममा मृत्युु भएको छ।
काेराेना स्ंक्रमणपछी भेरी अस्पतालमा उपचारकाे लागि भर्ना भयकी उनकाे उपचारकाे क्रममा निधन भएकाे हाे ।
बाँकेबाट पहिलाे संबिधानसभामा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेकी संविधानसभा सदस्य सिद्दीकीको कोरोना संक्रमणबाट मृत्यु भएको हाे । केहिदिनदेखि भेरी अस्पतालको भेण्टिलेटरमा उपचार भईरहेको सिद्दीकीको उपचारकै क्रममा मृत्यु भएको हो ।
गत चैत्र २८ गते कोरोना पुष्टि भएपछि सिद्दीकी भेरी अस्पतालमा भर्ना भएकी थिईन् । उनको उपचारकै क्रममा साँझ ७ः३० बजे निधन भएको भेरी अस्पतालले जनाएको छ ।अस्पतालले उपचारका क्रमममा उनलाई बचाउन सबै उपाए अपनाएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
सिद्दीकी मुस्लिम समुदायमा अघिबढेकी सामाजिक अभियन्ताकारुपमा चिनिन्छिन् । उनले फातिमा फाउण्डेसन नामको संस्थाबाट मस्लिम समूदायमा धेरै सामाजिक काम गर्दै आएकी थिईन् ।