सदरलाइनडटकम,
नेपालगञ्ज : भन्सार छली अवैधरुपमा नेपाल भित्र्याइएको सुर्तिजन्य पदार्थ बुधवार फेरी बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले चौकी लक्ष्मणपुरको टोलीले नरैनापुर गाउँपालिका वडा नं. २ बाट सुर्ति र पान बरामद गरेको हो ।
बुधवार बिहान १ बोरा पानको पात र ९२ पोका सुपर पावर सुर्ति नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । बरामद गरिएको सुर्ति र पान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
