नदी कटान नियन्त्रणका लागि प्रदेश सांसद खत्रीको अग्रसरता

सदरलाइन संवाददाता २९ पुष २०७९, शुक्रबार १३:०५
 

नेपालगञ्ज : लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रत्न खत्रीले नदी कटान नियन्त्रणका लागि सम्वद्ध सरकारी निकायसँग परामर्श अघि बढाएका छन् ।

प्रदेश सांसद खत्रीले शुक्रबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगञ्ज पुगेर नदी कटान र सिचाई विकासका लागि भए गरेका र हुनसक्ने योजनाबारे छलफल गरेका हुन् । सांसद खत्रीले कार्यालयका निमित्त प्रमुख परशुराम चौधरीसँग मानखोलासहित पेडारी, किरण, जेठी नाला तथा करेली खोलाको कटान नियन्त्रणका लागि गर्नुपर्ने कामका बारेमा छलफल गरे ।


मानखोलासहित विभिन्न खोलाको कटानका कारण बैजनाथ र खजूरा क्षेत्रको खेतियोग्य जमिन बर्षेनी बगरमा परिणत भईरहेको भन्दै खत्रीले नियन्त्रणका लागि मास्टरप्लान अनुसार अघि बढ्नुपर्ने बताए ।

कटान नियन्त्रणका लागि आवश्यक रणनीति बनाउन र डिपिआर तयार पार्ने उद्देश्यले शनिबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख चौधरीसहित प्रदेश सांसद खत्री नदीले कटान गरेको स्थानमा अनूगमनका लागि पुग्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ मा

२९ पुष २०७९, शुक्रबार १३:०५
नेपालगञ्ज : लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ । माघ ३ गते दिउँसो एक बजे प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुने प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । जसका लागि माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म […]