नेपालगञ्ज खाना महोत्सवको तयारी तीव्र

१० फाल्गुन २०७६, शनिबार १८:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा हुन गईरहेको फुडफेस्टिभलको तयारी तीव्र पारिएको छ । मौलिक खानाहरुको स्टल राखेर बजारिकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले फागुन २३ देखि २५ गतेसम्म प्रथम सडक खाना महोत्सव २०७६ को तयारी तीब्र पारिएको हो ।
होटल व्यवसायी संघ बाँकेको आयोजनामा हुने फुडफेस्टिभलको समय नजिकिँदै जाँदा बिभिन्न उपसमिति मार्फत तयारी तीव्र पारिएको अध्यक्ष भिमलाल कँडेलले बताए । महोत्सवमा तारे होटलदेखि मौलिक परिकारसहितका पचास बढि स्टल समावेश गरिने आयोजकले जनाएको छ ।
सर्वसुलभ मूल्यमा एउटै ठाउँमा विभिन्न परिकारको स्वाद लिन पाइने फुडफेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपालगञ्जको उत्सवका रुपमा आयोजना गर्न लागिएको फुडफेस्टिभलमा ५० हजार बढिले अवलोकन गर्ने लक्ष्य लिइएको सचिवालय संयोजक प्रेम शाहले बताए ।
छिमेकी देश भारतबाट समेत पर्यटक सहभागि हुने फुडफेस्टिभलमा २ करोड बढिको कारोबार हुने अपेक्षा लिइएको छ । फुडफेस्टिभलमा कलाकारहरुको बिशेष प्रस्तुतीमार्फत सांस्कृतिक संरक्षणको चेतनासमेत फैलाइने प्रवक्ता डिलाराम शर्माले जानकारी दिए ।
उनका अनुसार बिभिन्न समुदायमा प्रचलित उत्कृष्ट खानाको परिकारको स्वदेशी तथा बिदेशी पाहुनाहरु माझ परिचय गराउने, व्यवसायीकरण गरेर आर्थिक शसक्तिकरण र पहिचान संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

Next Post

स्थापना दिवसमा असाहे जेष्ठ नागरिकलाई दिवाभोज

१० फाल्गुन २०७६, शनिबार १८:३४
सदरलाइनडटकम, नेपालगञ्ज : नेशनल लाईफ ईन्सोरेन्स कम्पनीको ३३ औ वार्षिक उत्सवको अवसरमा नेपालगञ्ज शाखाले विभिन्न सामाजिक कार्य गरेर आफ्नो स्थापना दिवस मनाएको छ । सो क्रममा नेपालगञ्जमा सञ्चालनमा रहेको निलसागर असाहे तथा जेष्ठ नागरिक केन्द्रमा आश्रित रहेका जेष्ठ नागरिक र असाहे बालबालिकालाई दिवा भोज गराईएको छ । सो अवसरमा कम्पनीका […]