बाँकेका मतदान अधिकृत र सहायक अधिकृतलाई मतदान केन्द्र व्यवस्थापन तालिम

सदरलाइन संवाददाता २६ कार्तिक २०७९, शनिबार १७:५४
 

नेपालगञ्ज : आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनको लागि बाँकेका मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई मतदान केन्द्र व्यवस्थापन पुनरताजगी तालिम सुरु भएको छ ।

सो तालिमको उद्घाटन गर्दै जिल्ला मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश धनसिंह महराले जिल्लाका सबै मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः मतदान गर्ने अवस्था आउन नदिने गरी कार्यसम्पादन गर्न निर्देशन दिए ।

उनले भने–‘ तपाईलाई पुन निर्वाचन गराउने मेण्डेड छैन त्यसैले आफुलाई प्राप्त जिम्मेवारी प्रति गम्भीर भएर पुरा गर्नु हुने छ ।’ उनले पुन निर्वाचन हुने मतदान केन्द्रमा खटेका मतदान अधिकृत, सहायक मतदान अधिकृत सबैलाई बिभागिय कारवाहीको सिफारिस गरिने समते बताए ।


कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले निर्वाचनमा खटिने कर्मचारीले तठस्थ भएर सर्वदलिय निर्णय र सबैलाई आफ्नो कार्य सम्पादन गर्नुपर्ने कुरामा जोड दिदै मतदान केन्द्रको निर्माण, शान्तपूर्ण मतदान गरि, मतपेटिका सुरक्षित मतगणना हुनस्थानसम्म पुराउने दायित्व हुने भएकोले अत्यन्तै संवेदनशिल भएर कार्य सम्पादन गर्न निर्देशन दिए ।

उनले भने–‘निर्वाचनमा खटिनु भएको सबै राष्ट्रसेवक कर्मचारीले निष्पक्ष, तथष्ठ, भयरहित बातावरणमा मतदान गर्ने अवस्था निर्माण गरी जिम्मेवारी सम्पन्न गर्नु होला ।’ उनले कसैप्रति वा कुनै दल विषेश प्रति िझुकाव देखाउने मतदान अधिकृत वा सहायक मतदान अधिकृत कारवाहीको दायरमा पर्ने कुरामा जोड दिदै निष्पक्ष र भय रहित निर्वाचन सम्पन्न गराउन आफ्नो भुमिका निर्वाह गर्न निर्देशन दिए ।

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरी उपरिक्षक जनक बस्नेत, राष्ट्रिय अनुसंन्धानका उप निर्देशक नगेन्द्र गिरी र नेपाली सेनाका सेनानी प्रविण थापाले आ–आफ्नो क्षेत्रले निष्पक्ष, तथष्ठ, भयरहित बातावरणमा मतदान गर्ने वतारण तयार गर्न खेल्ने भुमिकाको बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आफ्नो पक्षमा माहोल बन्दै गएको एमाले–राप्रपा गठबन्धनको दाबी

२६ कार्तिक २०७९, शनिबार १७:५४
  नेपालगञ्ज : आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका उम्मेदवारहरु आफ्नो पक्षमा माहोल बन्दै गएको दाबी गरेका छन् । सत्ता गठबन्धनभित्र आन्तरिक किचलो बढ्दै गएकोले पनि जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एमाले–राप्रपा तालमेलको उत्साहपूर्ण […]