बाँकेमा आइतवार एकजनामा मात्र कोरोना पुष्टि

सदरलाइन संवाददाता ७ कार्तिक २०७८, आईतवार १५:२१
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३३ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ८ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

आइतवार संक्रमण पुष्टि भएका नेपालगञ्ज १८ की ४० वर्षीया महिला हुन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३६७ पुगेको छ ।

यस्तै आइतवार थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९९० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गोडियाको नेतृत्वमा नेपालगञ्जको निर्माण मजदुर संघ

७ कार्तिक २०७८, आईतवार १५:२१
नेपालगञ्ज : नेकपा माओवादी केन्द्रको अस्थागत संगठन निर्माण मजदुरहरूको संगठन अखिल नेपाल निर्माण मजदुर संघ नेपालगन्ज उपमहानगरको अध्यक्षमा राजु गोडिया निर्वाचित भएका छन् । नेपालगञ्जको होटल द ग्यालेक्सी दरवारमा आइतबार सम्पन्न संघको दोश्रो नगर अधिवेशनबाट राजु गोडियाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा समसुद्दिन कबडिया, […]