लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ मा

सदरलाइन संवाददाता २९ पुष २०७९, शुक्रबार १३:४१
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ ।

माघ ३ गते दिउँसो एक बजे प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुने प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

जसका लागि माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रदेशसभाको सभामुख र उपसभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । साथै, सोही दिन बेलुका साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिने र माघ ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन हुने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिमाली जिल्ला हुम्लामा खच्चडबाटै इन्धन ढुवानी

२९ पुष २०७९, शुक्रबार १३:४१
हुम्ला : हिमाली जिल्ला हुम्लामा खच्चडबाट इन्धन ढुवानी भइरहेको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिएका कारण दक्षिणी क्षेत्रका तीन स्थानबाट माथिल्लो हुम्लाका लागि डेढदेखि दुई दिन लगाएर खच्चडबाट ढुवानी इन्धन ढुवानी गर्नु परिरहेको हो । जुम्लाका खच्चड व्यवासायी पदम रोकायाले सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्लाका लागि खच्चडबाट इन्धन ढुवानी गर्ने […]