बाँकेमा शुक्रवार ४ जना मात्र डिस्चार्ज

सदरलाइन संवाददाता १२ मंसिर २०७७, शुक्रबार ०८:५६
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार ४ जना मात्र कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १ पुरुष र ३ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ८७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


अब आइसोलेशनमा बाँकेका १ सय ९९ र अन्य जिल्लाका ४९ गरी २ सय ४८ जना रहेका छन् । हालसम्म बाँकेमा ३ हजार ८ सय २४ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ ।

Next Post

गुल्मीमा जीप दुर्घटना हुँदा ६ को मृत्यु, ३ घाईते

१२ मंसिर २०७७, शुक्रबार ०८:५६
गुल्मी : गुल्मीमा भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रवार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर(४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै र थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको […]