बाँकेमा दादुरा संक्रमित ११५ पुगे, अधिकाँश बालबालिका होम आइसोलेशनमा

सदरलाइन संवाददाता २८ पुष २०७९, बिहीबार १४:३५
 

नेपालगञ्ज : बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ११५ पुगेको छ । गत पुस दोस्रो सातादेखि बाँकेमा फैलिएको दादुरा संक्रमण पछिल्लो दिनहरूमा झनै फैलिएको हो । नेपालगञ्जका ११३ र पछिल्लो खजुराका २ संक्रमित भेटिएपछि संक्रमितको संख्या ११५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए ।

खोप सुपरभाइजर श्रेष्ठले भने, ‘नेपालगञ्जका ११३ र पछिल्लो समय खजुरा पनि २ जना संक्रमित भेटिएका छन् यसले गर्दा संक्रमितको संख्या ११५ जना पुगेको छ ।’

श्रेष्ठका अनुसार हाल संक्रमित बालबालिकामध्ये २ जना अस्पताल भर्ना भएर उपचारतर छन् । ५८ जना घरमा आइसोलेसनमा रहेको, ६२ जना उपचाररत रहेको र ५२ जना उपचारपछि निको भएका छन् । यस्तै एकजना बालकको भने संक्रमणबाट मृत्यु भइसकेको पनि उनले बताए ।


दादुरा संक्रमण जिल्लाभर फैलन थालेपछि महामारी लक्षित खोप अभियान सुरु गरिएको समेत श्रेष्ठले बताए । उनका अनुसार हाल नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्र बनाई ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई तीव्र रूपमा खोप लगाइएको छ ।

योसँगै दादुराको महामारी फैलनबाट रोक्न बिहीवार र शुक्रवार नेपालगञ्ज उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु यही पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सञ्चालित १७ वटा क्रसर उद्योग बन्द

२८ पुष २०७९, बिहीबार १४:३५
नेपालगञ्ज : बाँके जिल्लामा सञ्चालित सबै क्रसर उद्योग बन्द गरिएका छन् । हाल सञ्चालनमा रहेका १७ वटा क्रसर उद्योग अवैध तथा मापदण्ड विपरीत पाइएपछि ती सबै उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । गृह मन्त्रालयले अवैध तथा मापदण्ड विपरीतका क्रसर उद्योगहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन […]

ताजा अपडेट