कैलाली : लम्कीचुहा नगरपालिका–१ लम्की बस पार्कबाट करिब ७ सय मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन र नगद ३८ हजार १ सय रूपैयाँसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २८ वर्षीय भुपेश थापा, २४ वर्षीय धनबिर चौधरी र जानकी गाउँपालिका–९ बस्ने २८ वर्षीय महेन्द्र रावल रहेका छन् ।
इलाका प्रहरी कार्यालय लम्कीचुवाबाट खटिएको प्रहरीले भुपेश र धनबिरलई उक्त लागूऔषध र नगद ३ हजार रूपैयाँ सहित नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागूऔषध महेन्द्रबाट खरिद गरेको भन्ने खुल्न आएपछि महेन्द्रलाई समेत प्रहरीले पक्राउ गरेको हो । महेन्द्रको साथबाट थप नगद ३५ हजार १ सय प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।