पटनाबाट नयाँ दिल्ली उडेको विमानमा आगो लागेपछि पटनामै आकस्मिक अवतरण

सदरलाइन संवाददाता ५ असार २०७९, आईतवार १४:४४
 

काठमाण्डौ : भारतको पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आगो लागेपछि पुनः पटना विमानस्थलमा सकुशल अवतरण गरिएको छ ।

एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । त्यसपछि पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराएका र सबै यात्रु सकुशल रहेको प्रहरी वरिष्ठ उपरीक्षक मानवजीत सिंहलाई उद्धृत गर्दै एनडीटीभीले जनाएको छ ।

विमानको बायाँ पखेटामा चरा ठोक्किएपछि आगो लागेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीले जनाएको खबरमा उल्लेख छ । उडिरहेको विमानमा आगो लागेको देखेपछि स्थानीयवासीले प्रहरी र विमानस्थललाई जानकारी गराएका पटनाका जिल्ला अधिकारी चन्द्रशेखर सिंहले बताउनुभएको खबरमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

बाँकेमा मनाइयो विश्व सिकलसेल एनिमिया दिवस

५ असार २०७९, आईतवार १४:४४
नेपालगञ्ज : विश्व सिकलसेल एनिमिया दिवस आइतवार बाँकेमा मनाइएको छ । जिल्लाका स्वास्थ्यकर्मीहरुलाई सिकलसेलबारे अभिमुखिकरण गराएर दिवस मनाइएको हो । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा राप्तीसोनारी, बैजनाथ र कोहलपुर नगरपालिकाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिएको स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले बताए । स्वास्थ्यकर्मीहरुलाई भेरी अस्पताल नेपालगञ्जका कन्सल्टेन्ट फिजिसियन तथा मेडिसियन […]

सम्बन्धित