सदरलाइनडटकम,
नेपालगञ्ज : यातायात व्यवस्था कार्यालय नेपालगञ्ज एकजना शाखा अधिकृतको भरमा चलिरहेको छ । नायब सुब्बा, खरिदारलगायत अन्य कर्मचारीबाहेक तीन जना शाखा अधिकृत र एक जना उपसचिव तहका कार्यालय प्रमुखको दरबन्दी रहेको नेपालगञ्जमा हाल शाखा अधिकृत बैकुण्ठ रेग्मी मात्रै कार्यरत रहँदा नेपालगञ्जमा दैनिक कामकाजमा कठिनाई भईरहेको छ ।
विहानैदेखि एक्लै कार्यालयमा खटिनुपरेको रेग्मीले बताए । तर रेग्मीले विहानदेखि रातीसम्म भएपनि काम प्रभावित हुन नदिन दृढता व्यक्त गरे । यसैबीच यातायात व्यवस्था कार्यालय प्रदेश सरकारअन्तर्गत आईसकेपछि सवारी कर बुझाउन सेवाग्राहीलाई सास्ती भएको छ ।
प्रदेश पिच्छे सवारी कर फरक–फरक भएकोमा केन्द्र तथा प्रदेशबाट लिखित निर्देशन प्राप्त नभएका कारण यातायात व्यवस्था कार्यालयहरुले अहिले फरक प्रदेशमा दर्ता भएको सवारी कर लिन मानिरहेका छैनन् ।
