Sadarline
२०८३ असोज २९ , बिहीबार

खजुरामा पनि देखियो दादुरा



नेपालगञ्ज : बाँकेको खजुरामा पनि दादुराका बिरामी भेटिएका छन् ।

नेपालगञ्जमा दादुराको प्रकोप बढेका बेला खजुरा गाउँपालिकामा समेत संक्रमण देखिएको हो । खजुरा गाउँपालिका वडा नम्बर ६ मा ११ वर्षीय बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । नेपालगञ्जमा भने संक्रमण बढ्दो छ ।

नेपालगञ्जमा हालसम्म ६३ जना दादुरा संक्रमित बालबालिका भेटिएको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।

नेपालगञ्जमा अहिले खोप लगाउने काम भइरहेको छ । खोप अभियान सुरु भएको दुई दिनमा नेपालगञ्जका वडा नम्बर ५, ७ र ८ का १२५८ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहाानगरपालिका स्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुस २४ गते आइतबार
ताजा समाचार