२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

मेडिकल कलेज कोहलपुरमा बन्द रहेको डायलाइसिस सेवा शुरु



नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा बन्द रहेको डायलसिस सेवा पुनः शुरु भएको छ ।

साउनयता डायलसिस सेवा नियमित हुन नसक्दा बिरामीको अकालमै मृत्युवरण गरिरहेका थिए । अस्पतालमा डायलाइसिस सेवा बन्द हुँदा साउनयता मात्रै ३३ जनाको मृत्यु भएको थियो ।

मेडिकल कलेजले निजी सेवा प्रदायक कम्पनी बिरंग हेल्थ केयर प्रालिसँग सम्झौता गरी भदौ २०७७ देखि डायलाइसिस सेवा चलाउँदै आएको थियो ।

पछिल्लो समय उक्त कम्पनीले अस्पतालबाट सम्झौता अनुसारको रकम नपाउँदा सेवा नियमित हुन छाडेको थियो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तले विरामीलाई ध्यानमा राखेर अहिले अस्पताल आफैले डायलाइसिस सेवा शुरु गरेको जानकारी दिए ।

‘केही मेसिनहरु विग्रिएका रहेछन् उनले भने–‘प्रादेशिक अस्पताल दाङबाट तीन वटा मेसिन झिकाएर अहिले डायलाइसिस सेवा नियमित गरेका छौं ।’

अस्पताल आफैले डायलाइसिस सेवा सञ्चालन गर्ने निधो अनुसार बिहीवारदेखि ६ वटा मेशिनबाट एक साथ डायलाइसिस सेवा शुरु भएको कर्मचारी संगठनका निवर्तनमा सभापित कुश्माखर बस्यालले जानकारी दिए । डायलाइसिस सेवा शुरु भएपछि विरामीहरुलाई ठूलो राहत मिलेको छ ।

प्रकाशित मिति : २०७९ मंसिर २९ गते बिहीबार
ताजा समाचार